१ चैत्र २०८२, आईतवार
भारतीय विमान कम्पनी एयर इण्डियाको आइतबार भारतको नयाँ दिल्लीबाट काठमाडौंमा आएको विमान ओभरसुट गरेर बाराको निजगढमाथिको आकाशमा पुगेको पाइएको छ । भारतीय सञ्चारमाध्यमले आज समाचार एजेन्सी एएनआइलाई उद्धृत गर्र्दै जनाएअनुसार एयरबस ए ३२०—२१४ काठमाडौंमा आइसकेपछि फेरि निजगढ पुगेर फर्किएको थियो ।
सो उडान बिहान ८ः५५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने समय भएकोमा अवतरण गर्ने क्रममा धावनमार्ग पार गरेर फेरि निजगढसम्म पुगेको थियो । त्यसपछि ९ः४५ बजे सो विमान फर्किएर अवतरण गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीलाई उद्धृत गर्दै सो समाचारमा जनाइएको छ ।


‘‘अपरेसनका विविध कारणले गर्दा यस्तो हुने गर्दछ । सुरक्षा चासो सम्बोधन गर्ने क्रममा विमान चालकले यस्तो निर्णय गर्न सक्छन् । यो एउटा त्यस्तै घटना हो,’’ एयर इण्डियाका प्रवक्ता धनन्जय कुमारले बताएका छन् ।