१ चैत्र २०८२, आईतवार
आइतबार साँझ आएको भीषण हावाहुरीले देशका विभिन्न ठाउँहरुमा क्षेती पुर्याएको छ । यसको प्रभाव अर्घाखाँचीमा पनि परेको बताइएको छ ।
सोही हावाहुरीका कारण अर्घाखाँचीको छत्रदेव गाँउपालिकाका ६० घर-गोठमा क्षती पुगेको छ ।


पानीसहित आएको हावाहुरीले छत्रदेव गाँउपालिकाको २ र ३ नम्वर वडामा मात्रै एक विद्यालयसहित कम्तीमा ६० घरगोठको छानो उडाएको हो ।
हावाहुरीले रुखका हांगा तथा फलफुलका सयौ बोटहरु भाँचिएको छ ।
हावाहुरीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।