हावाहुरीको वितण्डाः अर्घाखाँचीमा पनि ६० घर-गोठ उडायो

होमल्याण्ड खबर

२०७६ जेष्ठ २० गते, सोमबार १०:२४ मा प्रकाशित

आइतबार साँझ आएको भीषण हावाहुरीले देशका विभिन्न ठाउँहरुमा क्षेती पुर्याएको छ ।  यसको प्रभाव अर्घाखाँचीमा पनि परेको बताइएको छ ।

सोही हावाहुरीका कारण अर्घाखाँचीको छत्रदेव गाँउपालिकाका ६० घर-गोठमा क्षती पुगेको छ ।

पानीसहित आएको हावाहुरीले छत्रदेव गाँउपालिकाको २ र ३ नम्वर वडामा मात्रै एक विद्यालयसहित कम्तीमा ६० घरगोठको छानो उडाएको हो ।

हावाहुरीले रुखका हांगा तथा फलफुलका सयौ बोटहरु भाँचिएको छ ।

हावाहुरीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।