७ बैशाख २०८२, आईतवार
२० वर्ष नाघेका सार्वजनिक यातायातका साधनलाई सरकारले आजबाट पूर्णप्रतिवन्ध लगाएको छ । यदि त्यसलाई बेवास्ता गर्दै २० वर्ष पुराना गाडी चलाएको पाइएमा जफत गरी कवाडीमा लिलाम गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।
देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटना बढ्न थालेपछि चैत १ गतेदेखि हटाउने निर्णय गरिएको हो ।हाल देशभर २० वर्ष पुराना सवारी साधन साढे पाँच हजार रहेको विभागले गरेको अनुमान छ ।
विभागले गत वर्ष फागुनदेखि नै काठमाडौं उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाउने प्रयास थाले ता पनि पूर्णरुपमा कार्यान्वयनमा आएको थिएन । त्यसैले नियमावली संशोधन गरेर गत वर्ष कात्तिकमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी २०७४ फागुन मसान्तसम्म देशभर रहेका २० वर्ष पुराना सवारी साधन हटाउने निर्णय गरिएको हो । विभागले २० वर्ष पुराना ट्याक्सी र विद्युतीय सवारी साधन गुड्ने अनुमति दिएको छ ।