९ मंसिर २०८१, आईतवार
मेक्सिकोको दक्षिण पश्चिममा एक जना महिला पत्रकारको मंगलबार हत्या भएको छ ।
विगत १५ वर्षदेखि संवाददाताका रुपमा कार्यरत मेक्सिकोको टाबास्को होए नामको अखबारकी पत्रकार नोर्मा साराबीयाको हत्या भएको हो ।
उनी टाबास्को राज्यका अरु सञ्चारमाध्यममा समेत कार्य गरेकी थिइन् । मेक्सिकोमा यसै वर्ष हत्या गरिएकी उनी छैटौं पत्रकार हुन् । पत्रकारहरुका लागि विश्वमै मेक्सिको सबैभन्दा खतरनाक मुलुक हो ।
सन् २००० यताका १९ वर्षमा मेक्सिकोमा झण्डै १०० पत्रकारको हत्या भइसकेको छ।
लागूपदार्थका तस्कर र राजनीतिक भ्रष्टाचारीका कारण पत्रकारको ज्यान जोखिममा पर्ने गरेको अध्ययनहरुले देखाएका छन् ।