९ मंसिर २०८१, आईतवार
नेपाल बैदेशिक रोजगार व्यवसायी संघले एक वर्षदेखि रोकिएको मलेसियाको रोजगारी खुलाउन पुनः माग गरेको छ । नेपाली कामदार मलेसिया पठाउने बाटो खुला गर्न सरकारले हालसम्म चासो नदेखाउको संघको आरोप छ । मंगलबार सम्पन्न संघको बैठकले छिटो भन्दा छिटो मलेसियाको रोजगारी खुलाउन पुनः माग गर्ने निर्णय गरेको उपाध्यक्ष रामप्रसाद भन्तनाले बताए ।
सरकारले मलेसियाका लागि कामदार लैजानु पर्ने विषयमा गम्भीर भएर सोच्नु पर्ने र यसरी नसोच्दा पछिल्लो समय कामका लागि अवैधानिक तरिकाले जानेको संख्या बढ्न सक्छ-उपाध्यक्ष भन्तनाले बताए । जेठ १७ गतेदेखि २३ गतेसम्म विविध एजेण्डाको साथ शान्तिपूण आन्दोलन गर्दा पनि सरकारले सुनुवाई नगरेकोमा संघले गुनासो गरेको छ ।