९ मंसिर २०८१, आईतवार
एजेन्सीः अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको इमाम साहिब जिल्लामा हवाई आक्रमणमा ५ सैनिक मारिएका छन् ।
बुधबार आतङ्ककारीबिरुद्ध गरिएको हवाई आक्रमणका क्रममा ५ जना सैनिक मारिनुका साथै अन्य ७ जना घाइते भएका छन् छ।
जिल्लाका गभर्नर महबोउल्ला सायेदीले स्थानीय समयाअनुसार बुधबार बिहान २ बजे उक्त आक्रमण भएको जानकारी दिए।
उक्त हवाई आक्रमण अफगान हवाई सैनिक अथवा अमेरिकाआवद्ध संयुक्तबलले गरेको हो भन्ने प्रष्ट भएको छैन।
अफगानिस्तानमा बारम्बार यस्ता आक्रमण भएको पाइन्छ। गत मे १७ मा हेल्मन्ड प्रान्तमा नाहर ए सराज जिल्लामा अमेरिकाआवद्ध बलले तालिबान लडाकू लक्षित आक्रमणमा १७ प्रहरी मारिनुका साथै अन्य ११ जना घाइते भएका थिए।