भारतमा विषाक्त लिचीले लियो ३१ जना बालबालिकाको ज्यान

होमल्याण्ड खबर

२०७६ जेष्ठ ३० गते, बिहीबार १३:५१ मा प्रकाशित

एजेन्सीः भारतमा विषालु लिची खाँदा १० दिन भित्रमा ३१ जना बालबालिकाको ज्यान गएको छ ।

विषक्त लिचीको कारण उत्पन्न हुने मस्तिष्कको रोग इन्सेफलिटीजको कारण उनीहरुको ज्यान गएको हो ।

भारतको विहार प्रान्तस्थित मुजाफपुरका विभिन्न २ अस्पतालमा उनीहरुको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् ।

वरिष्ठ स्वास्थ्य अधिकारी अशोक कुमार सिंहका अनुसार, केहीमा इन्सेफलिटीजको समस्या देखिएको थियो भने केहीमा तत्कालै ग्लुकोजको मात्रा अत्यधिक घट्ने समस्या देखिएको थियो ।

कम्तीमा ४० जना अन्य बालबालिकामा पनि यस्तै समस्या देखिएको छ । उनीहरुको अहिले आईसीयूमा राखेर उपचार भइरहेको बताइएको छ ।