९ मंसिर २०८१, आईतवार
इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको कायरोको एक अदालतमा बेहोस भएर लडेर निधन भएको छ ।
मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मुर्सी आफूविरुद्धको जासुसीको तथा प्यालेस्टाइनी इस्लामिक समूह हमाससँग शंकास्पद सम्बन्धबारेको मुद्दामा बयान दिए लगत्तै उनी बेहोस लडेका थिए । बेहोस भएर लडेको केही समयमै उनको निधन भएको हो ।
सन् २०१२ मा निर्वाचित भएको एक वर्षपश्चात् इजिप्टको सेनाले उनलाई अपदस्थ गरेयता उनी जेलमा थिए ।
उनलाई एकान्त कारावासमा राखिएको थियो र उनका परिवार तथा वकिललाई पनि उनीसँग कमै भेट गर्न दिइन्थ्यो ।
अधिकारवादी र परिवारका सदस्यहरुले गम्भीर स्वास्थ्य समस्या हुँदाहुँदै उचित उपचार नपाएर उनको ज्यान गएको भन्दै सरकारको कडा आलोचना गरेका छन् ।
मोर्सी केही समयदेखि उच्च रक्तचाप र मधुमेहलगायत रोगबाट पीडित थिए । ६७ वर्षीय मोर्सी जनप्रदर्शनबाट हटाइएपछि हिरासतमा थिए ।