९ मंसिर २०८१, आईतवार
कोपा अमेरिकी फुटबलमा अर्जेन्टिना बराबरीमा रोकिएको छ । बिहिबार बिहान भएको खेलमा अर्जेन्टिना पाराग्वेसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
पाराग्वेका लागि रिचर्ड सान्चेजले एक गोल गरे । यस्तै अर्जेन्टिनाका लागि लियोनल मेस्सीले पेनाल्टी मार्फत गोल गरे ।
खेलको ३७ औं मिनेटमा सान्चेजले गोल गर्दै पाराग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा अर्जेन्टिनाका मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
६३ औं मिनेटमा पाराग्वेका डर्लिस गोन्जालेजले प्रहार गरेको पेनाल्टी प्रहारलाई अर्जेन्टिनी गोलकिपरले असफल पारे । त्यसपछि बाँकी समयमा थप गोल हुन नसकेपछि दुवै टिमले एक–एक अंक बाँडेका थिए ।
पहिलो खेलमा कोलम्बियासँग हार ब्यहोरेको अर्जेन्टिनाले दोस्रो खेलमा भने अंक बाँडेको छ । बराबरीको नतिजाले अर्जेन्टिनाको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बनेको छ ।
समुह बीबाट कोलम्बिया समुह विजेताको रुपमा नकआउट चरण प्रवेश गरेको छ ।