लोकसेवा आयोगको विज्ञापनबारे आइतबार सर्वोच्चमा सुनवाइ

होमल्याण्ड खबर

२०७६ असार ८ गते, आईतवार १४:०० मा प्रकाशित

लोकसेवा आयोगको विज्ञापनबारे आईतबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सर्वोच्चको आईतबारको निणर्यले स्थानिय तहका लागि गरिएको विज्ञापन रोक्ने वा नरोक्ने बारेमा  सुनुवाइ हुने छ । 

न्यायाधीशद्धय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलाशमा यो विवादका चारै वटा मुद्दालाई सँगै राखेर सुनुवाइ गर्न लागिएको हो ।

यसअघि सर्वोच्चले विचाराधीन सवै निवेदनलाई एकमुष्ट रुपमा सहभागी गराएर सुनुवाइ गर्ने भनेपछि आजलाई पेसी तोकिएको थियो। आयोगले ५ सय १५ स्थानीय तहका लागि भएको विज्ञापन विवादमा सर्वोच्चमा समावेशी नभएका मुद्दा दायर भएका थिए ।