१ चैत्र २०८२, आईतवार
लोकसेवा आयोगको विज्ञापनबारे आईतबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सर्वोच्चको आईतबारको निणर्यले स्थानिय तहका लागि गरिएको विज्ञापन रोक्ने वा नरोक्ने बारेमा सुनुवाइ हुने छ ।
न्यायाधीशद्धय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलाशमा यो विवादका चारै वटा मुद्दालाई सँगै राखेर सुनुवाइ गर्न लागिएको हो ।


यसअघि सर्वोच्चले विचाराधीन सवै निवेदनलाई एकमुष्ट रुपमा सहभागी गराएर सुनुवाइ गर्ने भनेपछि आजलाई पेसी तोकिएको थियो। आयोगले ५ सय १५ स्थानीय तहका लागि भएको विज्ञापन विवादमा सर्वोच्चमा समावेशी नभएका मुद्दा दायर भएका थिए ।