९ मंसिर २०८१, आईतवार
एजेन्सीः उत्तरपूर्वी बंगलादेशमा रेल दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १ सय भन्दा बढी घाइते भएका छन् ।
बंगलादेशको राजधानी ढाकाबाट २ सय ३ किलोमिटर टाढा रहेको माउल्भिबजार जिल्लामा सो दुर्घटना भएको एक सरकारी अधिकारीले सोमबार जानकारी दिएका छन् ।
स्थानीय समायानुसार आइतबार राति ११ः५० बजे सो दुर्घटना भएको अग्नि नियन्त्रण सेनाका एक अधिकारी नुर्नु नाबीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।
राजधानी ढाकातर्फ गइरेहको सो रेल डिब्बा पटरीबाट छुट्टिएर सो घटना भएको बताइएको छ ।
यस दुर्घटनाको कारण अनुसन्धानरत् रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उद्धारकार्य जारी रहेको छ ।