९ मंसिर २०८१, आईतवार
नेदरल्याण्ड्स र इटाली फ्रान्समा जारी फिफा महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेका छन् ।
मंगलबार भएको खेलमा नेदरल्याण्डसले जापानलाई २–१ ले र इटालीले चीनलाई २–० ले हराउँदै क्वाटरफाइनल पुगेका हुन् ।
फ्रान्सको रिनमा भएको नेदरल्याण्डस र जापानको प्रिक्वार्टरफाइनलमा नेदरल्याण्डसका लिकी मार्टिन्सले दुई गोल गरिन् भने जापानका लागि युयी हासेगावाले एक गोल गरिन् ।
खेलको १७ औं मिनेटमा मार्टिन्सले गोल गर्दै नेदरल्याण्डलाई अग्रता दिलाएकी थिइन् । ४३ औं मिनेटमा जापानकी हासेगावाले गोल गर्दै खेल बराबरीमा ल्याईन् । खेलको अन्तिम मिनेटमा मार्टिन्सले पेनाल्टीमा गोल गर्दै विश्वकपमा एसियाली पावर मानिने जापानको चुनौती समाप्त पारिन् ।
यसैगरी, इटाली र चीनको खेलमा इटालीका भालेन्टिना गियासिन्टी र अरोरा गालीले एक एक गोल गरे ।
खेलको १५ औं मिनेटमा गियासिन्टीले गोल गरी इटालीलाई अग्रता दिलाएकी थिइन् । दोस्रो हाफको सुरुमै गालीले गोल गर्दै इटालीलाई अन्तिम आठमा पुर्याइन् ।
अब क्वाटरफाइनलमा इटालीले नेदरल्याण्डसँग खेल्ने छ ।