९ मंसिर २०८१, आईतवार
एजेन्सी । वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलले एकदिवसीय विश्वकप क्रिकेटबाट सन्यास लिने निर्णय गरेका छन् । ३९ वर्षीय ओपनर क्रिस गेलले विश्वकपपछि फेब्रुअरीमा एकदिवसीय क्रिकेटबाट सन्यास लिने बताएका हुन् ।
वेस्ट इन्डिजको लागि उनले एकदिवसीय विश्वकप क्रिकेटमा १० हजार ३४५ रन बनाएका छन् र २५ शतक हानेका छन् ।
“म भारतविरुद्ध अगस्टमा एकदिवसीय क्रिकेट खेल्नेछु तर टी–ट्वान्टी भने खेल्नेछैन,” गेलले भने, “मेरो योजना विश्वकपका लागि हो, इण्डियाविरुद्ध टेस्ट खेल हुनसक्छ ।”
सन् २०१४ को सेप्टेम्बरदेखि उनले टेस्ट क्रिकेट खेलेका छैनन् । गेलले सन् २०१५ मा जिम्वावेविरुद्ध एकदिवसीय क्रिकेटमा २१५ रन हानेका थिए । एकदिवसीय क्रिकेटमा दुई सय रन हान्ने ६ खेलाडीमध्ये उनी पनि पर्छन् ।
युनिभर्सल बोसको रुपमा चिनिने गेलले ६ वटा विश्वकपमा वेस्ट इन्डिजको लागि १९४ रन बनाएका थिए र न्युजिल्याण्डविरुद्ध ८७ रन हानेका थिए ।