नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय वित्तीय साक्षरता सम्मेलन हुने

होमल्याण्ड खबर

२०७६ असार १५ गते, आईतवार १६:५८ मा प्रकाशित

असार १७ र १८ मा अन्तर्राष्ट्रिय वित्तीय सारक्षता सम्मेलन हुने भएको  छ । नेपाल धितोपत्र बोर्डले अन्तराष्ट्रिय धितोपत्र नियमन निकायको सदस्यता पाएसँगै ओईसीडीअन्तर्गत ओईसिडी – आईएनएफईसँगको सहकार्यमा बोर्डले दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक आयोजना गर्न लागेको हो । 

सम्मेलनमा अमेरिका, दक्षिण अफ्रिका, अष्ट्रेलिया, काजाकिस्तान, सिंगापुर, थाइल्याण्ड, भूटान, चिन तथा भारतलगायतका देशका साथै ओईसीडी, एसईबिआईलगायतका विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिउ संस्थाका साथै पूर्वएसियाली तथा सार्क राष्ट्रका वित्तीय क्षेत्रका नियमनकारी निकायको साथै नेपाल सरकार- अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, बिमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेन्जको साथै धितोपत्र बजार सहभागी , बैंकर्स एसोशियसन, लगानीकर्ताका संघहरु लगायत विश्वविद्यालयका प्राध्यापकको सहभागिता रहने जनाइएको छ ।

सम्मेलनले नेपालको अन्तर्राष्ट्रिय स्तरको सम्मेलन गर्ने क्षमता प्रदर्शन हुनुको साथै वित्तीय साक्षरता तथा लगानीकर्ताको संरक्षणको साथै अन्य विविध आयामलाई मूल प्रवाहीकरण गर्न महत्वपूर्ण योगदान दिने बताइएको छ ।