१० मंसिर २०८१, सोमबार
लिवियाको आप्रवासी हिरासत केन्द्रमा भएको हवाई आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको छ ।
राजधानी त्रिपोलीको पूर्वी क्षेत्रमा रहेको डिटेन्सन सेन्टरमा भएको आक्रमणमा मृत्यु हुनेमा अधिकांश अफगान आप्रवासी रहेको बताइएको छ ।
बीबीसीका अनुसार, हवाई आक्रमणमा परी अन्य ८० जना घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ ।
लिवियाको आपतकालीन सेवा केन्द्रका प्रवक्ता ओसामा अलीले एएफपीलाई बताएअनुसार हिरासत केन्द्रमा १२० जना आप्रवासी थिए ।
अहिलेसम्म आक्रमण कसले गर्यो भन्ने खुलेको छैन ।