१० मंसिर २०८१, सोमबार
एजेन्सी । आयोजक ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको सेमिफाइनल खेलमा अर्का उपाधि दावेदार अर्जेन्टिनालाई २–० गोल अन्तरले पराजित गर्दै ब्राजिलले फाइनलमा स्थान बनाएको हो । ब्राजिलका लागि खेलेका १९ औँ मिनेटमा ग्याब्रियल जिससले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ७१ औँ मिनेटमा रोबर्टा फिर्मिन्होले गोल गर्दै टिमलाई फाइनल पुर्याउन सहयोग गरे ।
ब्राजिलले फाइनलमा चिली र पेरुबीचको विजेतासँग खेल्नेछ । उता अर्जेन्टिनाले खेलमा निकै पकड जमाए पनि गोल भने गर्न सकेन ।