१० मंसिर २०८१, सोमबार
महिला विश्वकप फुटबलमा नेदरल्याण्डलाई हराउँदै अमेरिकाले उपाधि जितेको छ ।
फ्रान्सको लियोंमा आइतबार राति भएको फाइनल खेलमा नेदरल्याण्डलाई २–० गोलले पराजित गर्दै अमेरिका च्याम्पियन बन्न सफल भएको हो ।
अमेरिकालाई जित दिलाउन मेगान रापिनोई र रोज लाभिल्लेले एक एक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुई गोल गर्दै अमेरिका च्याम्पियन बनेको हो ।
नेदरल्याण्ड भने कमजोर सावित भयो । योसंगै अमेरिकाले लगातार दोस्रो पटकसहित कीर्तिमानी चौथो पटक विश्वकपको उपाधि जित्न सफल भएको छ । यसअघि अमेरिकाले सन् १९९१ र सन् १९९९ मा पनि उपाधि जितेको थियो ।
विश्वकपमा स्वीडेनले तेस्रो स्थान ओगटेको छ । स्वीडेनले तेस्रो स्थानको भिडन्तमा इंगल्याण्डलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।