१० मंसिर २०८१, सोमबार
एक जना अमेरिकी वैज्ञानिकको शव दोस्रो विश्व युद्धको बंकरको रुपमा रहेको गृक प्रायदीप क्रेटेमा फेला परेको छ । सुजान इटन नामकी ती वैज्ञानिक एक सातादेखि हराइरहेकी थिइन् । उनको मृत्युको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तर, दौडिएको बेलामा उनलाई अप्ठेरो महसुस भएको हुन सक्ने र त्यसैका कारण सास फेर्न गाह्रो भएको प्रारम्भिक अनुमान गरिएको छ ।
५९ वर्षिया उनी विश्वकै चर्चित जर्मनीस्थित म्याक्स प्लान्क इन्स्टिच्युटका मोलिकुलर बायोलोजिस्ट हुन् ।उनी एउटा सम्मेलनमा भाग लिन सो प्रायदीपमा गएकी थिइन् । उनी अन्तिम समयमा देखिएको भन्दा १० किमी टाढा एउटा बंकर भित्र भेटिएकी थिइन् । उनी जुलाई २ देखि हराएकी थिइन् । उनी हराएपछि परिवार तथा साथीहरुले उनको बारेमा सूचना दिनेलाई ५० हजार युरो इनाम दिने घोषणा समेत गरेका थिए । विवाहित सुजानका दुई छोरापनि रहेका छन् । (बीबीसी)