१० मंसिर २०८१, सोमबार
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा अहिले अष्ट्रेलिया र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुदैछ ।
बर्मिघम खेल मैदानमा सुरु हुन लागेको खेलमा अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
पाँच पटकको विश्व विजेता अष्ट्रेलिया आठौं पटक फाईनल पुग्ने लक्ष्यका साथ मैदान उत्रनेछ भने यस्तै घरेलु टोली इंग्ल्याण्ड समेत चौथो पटक फाईनल पुग्ने लक्षका साथ मैदानमा आउने छ ।
दुईबीचको विजेताले फाइनल खेलमा न्युजिल्याण्डसँग खेल्नेछ।