१० मंसिर २०८१, सोमबार
श्रीलंकाका नेपाली राजदूत प्राध्यापक प्रा.डा. विश्वम्भर प्याकुरेलले राजीनामा दिएका छन् ।
अर्थशास्त्रमा विद्यावारिधी गरेका उनले परराष्ट्र प्रशासनप्रति असन्तुष्टि देखाउँदै पदबाट राजनीनामा दिएका हुन् ।
आगामी साउन १ गतेदेखि लागु हुने गरी राजदूत प्याकुरेलले राजीनामा दिएको परराष्ट्र मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ ।
उनी २०७४ को वैशाख २३ गते राजदूतमा नियुक्त भएका थिए । उनको चार वर्षे कार्यकाल सकिन अझै झण्डै दुई वर्ष बाँकी थियो ।