१० मंसिर २०८१, सोमबार
एजेन्सीः दक्षिण कोरियाको राजधानी सियोलस्थित जापानी राजदूतावास बाहिर एक जना कोरियाली नागरिकले आफैँलाई आगो लगाएर आत्महत्या गरेका छन् ।
जापानसँग व्यापार तथा कुटनीतिक विवाद चर्किरहेकै बेला करिव ७० वर्षका एक कोरियाली वृद्धले आत्महत्या गरेका हुन् ।
कोरियाली प्रहरीले जापानी राजदूतावासको अघिल्तिर पार्क गरिएको कारमा आगो लागेको थियो । जहाँ उनीमाथि पनि आगो लागेको थियो । आगो लगाएका उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीले कारभित्र २० वटा ग्यास सिलिन्डर पनि फेला परेको बताएको छ । एक स्थानीय सञ्चार माध्यमले मृत्यु भएका व्यक्तिका ससुरा जापान युद्धका बेला जापानीहरुले जबर्जस्ती दास बनाइएको बताएका छन् । एएफपी