१० मंसिर २०८१, सोमबार
सिंगापुरमा जारी ट्वान्टी–२० विश्वकप छनोट एसिया फाइनल अन्तर्गतको उद्घाटन खेलमा घरेलु टोली सिंगापुरले कतारलाई पराजित गर्दै सुखद शुरुवात गरेको छ । सोमबार बिहान भएको खेलमा सिंगापुरले कतारलाई ३३ रनले पराजित गरेको हो ।
टस जीतेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाउँदा कतारले १८७ रनको लक्ष्य पाएको थियो ।
१८७ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ९ विकेट गुमाएर १५३ रन मात्र बनाउन सक्यो । कतारलाई पराजित गर्न सिंगपुरका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे ।
सिंगापुरका अम्जद महबुब र जनक प्रकाशले समान ३–३ विकेट हात हात पारे । कतारका लागि १ सय ५३ रन बनाउने क्रममा कप्तान तमोर सजादले ३४ रन, मोहम्मद रिजलानले ३३ रन जोड्दा भौसाल जवेदले २९ रन र मोहम्मद तानभिरले २६ रन बनाए का थिए ।
यसअघि पहिले ब्याटिङ गरेको सिंगापुरका लागि सुरेन्द्रान चन्द्रमोहनले ४७, टिम डेविडले ३८, मनप्रित सिंहले ३४ र रोहन राजरोगनले ३२ रन बनाएका थिए । सिंगापुरविरुद्ध कतारका इकबाल हुसेनले चार विकेट लिए भने नौमन सर्वारले २ विकेट हात पारे ।