१० मंसिर २०८१, सोमबार
ग्लोबल टी–ट्वान्टी क्रिकेट लिगमा नेपाली अल राउण्डर सोमपाल कामी सम्मिलित रहेको विनिपेग होक्सले हार ब्यहोरेको छ ।
बिहिबार राति भएको खेलमा होक्स टोली ब्राम्प्टन वुल्भ्ससँग ७ विकेटले हार ब्यहोरेको हो ।
होक्सले प्रस्तुत गरेको ११७ रनको सामान्य लक्ष्य ब्राम्प्टनले १४.३ ओभरमा ३ विकेट गुमाउँदै सहजै पुरा गर्यो ।
ब्राम्प्टनका लागि कप्तान कोलिन मुनरोले अविजित ५३, बाबर हायतले अविजित ३७ र लेन्डी सिमोन्सले २२ रन बनाए । होक्सका लागि मोहम्मद इफरानले २ विकेट लिए ।
त्यस अघि टस हारेर पहिला ब्याटिङ थालेको होक्स १८ दशमलव ५ ओभरमा अल आउट हुँदै १ सय १६ रनमा समेटिएको थियो ।
होक्सका लागि साइमान अनवारले ३१, कलिम सनाले २७ र सन्नी सोयल १६ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।
ब्राम्प्टनका रोहन मुस्तफा, इस सोधी, सहिद अफ्रिदी र जाहोन खानले समान २(२ विकेट लिए । सेसिल परवेजले एक विकेट लिए ।
यस खेलमा पनि सोमपाललाई होक्सले मौका दिएको थिएन ।