२ चैत्र २०८२, सोमबार
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटस्थित त्रिशुली नदीमा बस खस्दा तीन जनाको मृत्यु भएको छ। सर्लाहीको मलङगाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान ३:३० बजेको समयमा त्रिशुली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ।
१४ जनाको उद्धार गरिएकाे छ । २३ अझै बेपत्ता छन् । बसमा ४० जना यात्रुहरु रहेको प्रारम्भिक अध्ययनबाट पत्ता लागेको घटनास्थलमा उद्धार गर्न पुगेका पमुख जिल्ला अधिकारी भगीरथ पाण्डेयले बताए।


बस आधा पानीमै डुबेको छ। अप्ठ्यारो स्थानमा दुर्घटना भएकोले सुरक्षा निकाय र स्थानीयवासीहरुको सहयोगमा ३ जनाको शव निकालिएको छ । चालकसहित १२ जनाको जिवितै उद्धार गरिएको प्रजिअ पाण्डेले बताए। मृतकहरु मध्ये २ जनाको मात्रै सनाखत भएको छ। सर्लाहीका ३५ वर्षीय अजय दास र विजयकुमारको मात्रै शव पहिचान भएको प्रहरीले जनाएको छ।