यात्रुबस त्रिशुलीमा खस्यो: तीन जनाको मृत्यु, २३ बेपत्ता

होमल्याण्ड खबर

२०७६ श्रावण २४ गते, शुक्रबार ०९:१० मा प्रकाशित

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटस्थित त्रिशुली नदीमा बस खस्दा तीन जनाको मृत्यु भएको छ। सर्लाहीको मलङगाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान ३:३० बजेको समयमा त्रिशुली नदीमा खसेको  प्रहरीले जानकारी दिएको छ। 

१४ जनाको उद्धार गरिएकाे छ । २३ अझै बेपत्ता छन् । बसमा ४० जना यात्रुहरु रहेको प्रारम्भिक अध्ययनबाट पत्ता लागेको घटनास्थलमा उद्धार गर्न पुगेका पमुख जिल्ला अधिकारी भगीरथ पाण्डेयले बताए।

बस आधा पानीमै डुबेको छ। अप्ठ्यारो स्थानमा दुर्घटना भएकोले सुरक्षा निकाय र स्थानीयवासीहरुको सहयोगमा ३ जनाको शव निकालिएको छ । चालकसहित १२ जनाको जिवितै उद्धार गरिएको प्रजिअ पाण्डेले बताए। मृतकहरु मध्ये २ जनाको मात्रै सनाखत भएको छ। सर्लाहीका ३५ वर्षीय अजय दास र विजयकुमारको मात्रै शव पहिचान भएको प्रहरीले जनाएको छ।