१० मंसिर २०८१, सोमबार
इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर सिटीले नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।
शनिबार वेष्ट ह्यामको मैदानमा भएको खेलमा वेष्ट ह्यामलाई ५–०ले पराजित गर्दै सिटीले विजयी सुरुवात गरेको हो ।
सिटीका लागि रहिम स्टर्लिङले तीन तथा ग्राबियल जिसस र सर्जियो अग्युरोले एक एक गोल गरे ।
खेलको २५ औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । ५१ औं मिनेटमा स्टर्लिङले सिटीको अग्रता दोब्बर बनाए । ७५ औं मिनेटमा स्टर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता तेब्बर बनाए । ८६ औं मिनेटमा अग्युरोले गोल गर्दै सिटीको अग्रता ४–० को बनाए ।
त्यसपछि ९० औं मिनेटमा स्टर्लिङले ह्याट्रिक पुरा गर्दै सिटीलाई ५–० को जित दिलाए ।