२ मंसिर २०८१, आईतवार
भारतीय कांग्रेसका पूर्वअध्यक्ष राहुल
गान्धीले बिना कुनै
शर्त जम्मु काश्मीरको
भ्रमण गर्ने बताएका
छन् । जम्मु
काश्मीरका गभर्नर सत्यपाल मलिकले
कांग्रेस नेता गान्धीलाई
सोमबार राज्यमा आएर यथास्थिति
बुझेरमात्र बोल्न आग्रह गरेका
थिए ।
मलिकले गान्धीलाई जम्मु काश्मीर
आउन विमान पठाउने
समेत बताएका थिए
। तर, गान्धीले
मलिकको उक्त प्रस्ताव
अस्वीकार गरेका थिए ।
उनले विमानको प्रस्ताव
अस्वीकार गरे पनि
आफूलाई त्यहाँ ‘यात्रा गर्ने
र जनतासँग भेटघाट
गर्ने स्वतन्त्रता’ दिन
आग्रह गरेका थिए
।
मंगलबार फेरि मलिकले गान्धीले कांग्रेस डेलिगेशनको नेतृत्व गर्दै जम्मु काश्मीरमा आएर अस्थिरता सिर्जना गर्न खोजेको आरोप लगाएका थिए । मलिकले आफूले यति धेरै शर्तहरुसहित जम्मु काश्मीर आउन निम्तो नदिएको उल्लेख गर्दै ट्विटमा भनेका छन्, “राहुल गान्धीले यस विषयमा विपक्षी दलका नेताहरुसहित आएर राजनीति गर्न खोज्दैछन् र यहाँका जनताका लागि समस्या उत्पन्न गराउने र अस्थिरता निम्त्याउन लागिरहेका छन् ।”
बुधबार फेरि गान्धीले बिना शर्त आफू काश्मीर आउन तयार रहेको बताएका छन् । उनले भनेका ट्विटमार्फत छन्, ” श्री मलिकजी, मैले तपाईंले मेरो ट्विटमा गर्नुभएका निम्छरा रिप्लाईहरु हेरे । मैले जम्मु काश्मीर यात्रा गर्ने र मानिसहरुसँग भेटघाट गर्ने तपाईंको निम्तो स्वीकार गरेको छु, बिना कुनै शर्त । म कहिले आउने ?”
यसअघि शनिबार कांग्रेसका सांसदहरुले जम्मु काश्मीरमा हिंसा बढेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यानाकर्षण गराएका थिए । तर, राज्य प्रमुख मलिकले भने कांग्रेस सांसदको उक्त अभिव्यक्तिमा आपत्ति जनाउँदै कांग्रेसका पूर्वअध्यक्षले सीमा क्षेत्रबाट आएका गलत समाचारका आधारमा अभिव्यक्ति दिएको आरोप लगाएका थिए ।