१० मंसिर २०८१, सोमबार
भारतको मध्यप्रदेशमा शुक्रबार बिहान भएको डुंगा दुर्घटनामा कम्तिमा पनि १२ जनाको मृत्यु भएको छ । मध्यप्रदेशस्थित भूपालमा रहेको तलाउमा २० जना सवार डुंगा शुक्रबार बिहान ४:३० बजे दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो ।
१२ जनाको शव निकालिएको र अन्य एक जनाको खोजी भइरहेको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) ले जनाएको छ । उक्त राज्यमा मन्त्री पीसी शर्माले भारी गणेशमा मुर्तीहरु बोकेका र अत्यधिक भार भएकोले डुंगा दुर्घटना भएको जानकारी दिएका छन् ।
उनले भने, “घटनाको अनुसन्धानका विषयमा निर्देशन दिइसकेका छौं ।” उनीहरु गणेश चर्तुथीको पूजा गर्न भूपालतर्फ गइरहेका थिए । यस साता गणेश चर्तुर्थी अर्था विनायक चतुर्थी मनाइन्थ्यो । दुर्घटनाका क्रममा उनीहरुले बोकेका गणेशका मुर्तीहरु पनि डुबेका छन् ।
राज्य सरकारले उक्त दुर्घटनामा ज्याउने गुमाएका परिवारलाई ४० लाख राहत उपलब्ध गराउने घोषणा गरेको छ ।
अलजजिरा