१० मंसिर २०८१, सोमबार
एजेन्सी । सेनेगलका स्टार खेलाडी साडियो मानेले दुई गोल गर्दा लिभरपुलले प्रिमियर लिगमा सहज जित निकालेको छ । शनिबार भएको खेलमा लिभरपुलले न्युक्यासललाई ३–१ गोल अन्तरले पाराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा लिभरपुलाई जित दिलाउन साडियो मानेले दुई गोल गरे । त्यस्तै मोहम्मद सलाहले एक गोल गरे । उता न्युक्यासलका लागि जेट्रो विलेम्सले एक गोल फर्काए ।
खेलको सातौँ मिनेटमा गोल गर्दै विलेम्सले न्युक्यासललाई सुरुवाती अग्रता दिलाएका थिए । न्युक्यासलको अग्रता लामो समय टिकेन । यता लिभरपुलका लागि मानेले खेलको २८ औँ मिनेटमा बराबरी गोल फर्काए । खेको ४० औँ मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।
पहिलो हाफमा २–१ गोलको अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा थप एक गोल गर्यो । लिभरपुलका लागि सलाहले खेलको ७२ औँ मिनेटमा गोल गर्दै लिभरपुललाई सहज जित दिलाए । जितसँगै लिभरपुल पाँच खेलबाट १५ अंक सहित शीर्ष स्थानमा छ ।