३ चैत्र २०८२, मंगलवार
रुपन्देहीको ओमसतिया गाउँपालिका-५ मा गोली चल्दा एक जनाको मृत्यु भएको छ ।
आइतबार दिउँसो भैरहवा परासी सडक खण्डको रोहणी गाउँपालिका-३ बैकुण्ठपुरमा गोली चल्दा ३५ वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको हो ।


मोटरसाइकलमा आएकाहरूले उनीमाथि गोली प्रहार गरेको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
बैंकबाट रकम झिकेर आउने क्रममा रहेका कुर्मीलाई मोटरसाइकलमा आएको समूहले गोली हानेर भारतीय सिमाना तर्फ लागेको स्थानियहरुले बताएको र खोजी कार्यलाई तिब्रता दिइएको इस्पेक्टर केशव ज्ञवालीले नेपालतारालाई जानकारी दिए ।
थप विवरण आउन बाँकी ।