रुपन्देहीमा गोली चल्योः ३५ वर्षीय कुर्मीको मृत्यु

होमल्याण्ड खबर

२०७६ भाद्र २९ गते, आईतवार १६:१५ मा प्रकाशित

रुपन्देहीको ओमसतिया गाउँपालिका-५ मा गोली चल्दा एक जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो भैरहवा परासी सडक खण्डको रोहणी गाउँपालिका-३ बैकुण्ठपुरमा गोली चल्दा ३५ वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको हो ।

मोटरसाइकलमा आएकाहरूले उनीमाथि गोली प्रहार गरेको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बैंकबाट रकम झिकेर आउने क्रममा रहेका कुर्मीलाई मोटरसाइकलमा आएको समूहले गोली हानेर भारतीय सिमाना तर्फ लागेको स्थानियहरुले बताएको र खोजी कार्यलाई तिब्रता दिइएको इस्पेक्टर केशव ज्ञवालीले नेपालतारालाई जानकारी दिए ।

थप विवरण आउन बाँकी ।