१० मंसिर २०८१, सोमबार
नेपाल भारत व्यापार सन्धि पुनरावलोकन बैठक सेप्टेम्बर २६ र २७ गते बस्ने भएको छ । नेपाल–भारत व्यापार सन्धि २००९ को पुनरावलोकन सम्बन्धि तेस्रो बैठक नयाँ दिल्लीमा आयोजना हुनेछ ।
यसका लागि सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा ९ सदस्यीय वार्ता टोली गठन गरेको छ । टोलीमा मन्त्रालयसहित अर्थ, परराष्ट्र मन्त्रालय लगायतका उच्चपदस्थ अधिकारी सामेल रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले जानकारी गराएको छ ।
मन्त्रालय स्रोतले भन्यो, “सेम्टेम्बर २६ र २७ नयाँ दिल्लीमा हुने पुनरावलोकनका लागि तयारी अगाडी बढाइएको छ । यसका लागि मन्त्रीपरिषद्को बैठकले ढकालको नेतृत्वमा टोली बनाएको हो ।”
यसअघि सन्धि पुनरावलोकनको दोस्रो वैठक गत माघमा पोखरामा भएको थियो । अघिल्लो वर्ष १६ बैशाखमा भएको नेपाल–भारत अन्तरसरकारी समिति (आईजीसी) बैठकमा वणिज्य सन्धि पुनरावलोकन गर्ने सहमति भएको थियो । सहमति अनुासर वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर शैंजु नेतृत्वको नेपाली प्रतिनिधि मण्डलले भारतसँग वाणिज्य सन्धि पुनरावलोकनका लागि वार्ता गरेका थियो ।
सोही वर्ष साउनमा भएको पहिलो चरणको वार्तामा खोलेका छलफलको दायरालाई संश्लेषण दास्रोचरणको वार्ताले गरेको थियो । सन् २००९ मा संशोधन भएको वाणिज्य सन्धिमा दुईपल्ट पुनरावलोकन गरिएको हो ।
नेपालले पछिल्लो समय भारतर्फको व्यापार घाटा बढ्दै गएकाले निकासी प्रवद्र्धन र भारतीय ठूला लगानीलाई नेपालमै भित्र्याउन सक्ने गरी सन्धि पुरनरावलोकनको एजेन्डा बनाउने गरेको छ । यसपल्टको वैठक पनि सोही एजेन्डामा केन्द्रित हुने बताइएको छ ।