साफ यू–१८ मा भारत र बंगलादेश भिड्दै

होमल्याण्ड खबर

२०७६ आश्विन ६ गते, सोमबार १३:२३ मा प्रकाशित

यू–१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज (सोमबार) भारतले लिगको पहिलो खेल खेल्दैछ । भारतले यसअघि श्रीलंकालाई पराजित गरेको बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

हलचोकस्थित एपीएफको मैदानमा हुने भारत र बंगलादेशबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै भारत प्रतियोगितामा सुखद् सुरुवात गर्ने योजनामा छ ।

यता पहिलो खेलमा जित निकाल्दै सुखद् सुरुवात गरेको बंगलादेश आजको खेलमा भारतलाई हराउँदै प्रतियोगिताको सेमिफाइनलमा आफूलाई बलियो बनाउने योजनामा हुनेछ ।