१० मंसिर २०८१, सोमबार
भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएको छ ।
दसैंको मुखमा भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली भान्सा थप महँगो भएको छ ।
भारतमा पनि अहिले प्याजको दाम बढेको छ। यही कारण मूल्य तल झार्न भातीय केन्द्रीय सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
भारतले आन्तरिक माग धान्नका लागि इजिप्ट र अफगानिस्तानबाट प्याज आयात गर्ने निर्णय गरेको छ । भारतमा प्याजको अत्याधिक खपत हुन्छ ।
प्याजको मूल्य अहिले नेपालमा प्रति केजी १२० रुपैयाँ सम्म पर्छ । भारतमा ८० भारु पुगिसकेको छ।