१० मंसिर २०८१, सोमबार
एजेन्सी, विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) ले रसियालाई चार वर्ष ठूला अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्नबाट प्रतिबन्ध लगाएको छ ।
सन् २०१८ को विश्वकप आयोजक राष्ट्र रसियालाई विश्व एन्टी डोपिङ एजेन्सी (वाडा)ले रसियालाई ठूला खेल प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको छ । योसँगै रसियाले अर्को वर्ष हुने ओलम्पिक र सन् २०२२ मा हुने विश्वकप फुटबल खेल्न पाउने छैन ।
यद्यपि, डोपिङबाट आफूलाई निर्दोष सावित गर्ने रसियाका खेलाडीले संयुक्त राष्ट्रसंघको तटस्थ झन्डामुनि रहेर ठूला प्रतियोगितामा सहभागीता जनाउन सक्नेछन् ।
रसियाले जापानमा हुने ओलम्पिक र पाराओलम्पिक तथा कतारमा हुने विश्वकप फुटबल खेल्न पाउने छैन । रुसले वाडाको निर्णयविरुद्व २१ दिनभित्र कोर्ट अफ आर्बिटेशन फर स्पोटर््स (कास)मा अपिल गर्न सक्नेछ ।
यसअघि ओलम्पिकमा पनि अधिकांश खेलाडीमा डोपिङ देखिएको भन्दै वाडाले रुसलाई सचेत गराएको थियो । ब्राजिल ओलम्पिकमा धेरै खेलाडीलाई प्रतिबन्ध समेत गरेको थियो । रुसी प्रधानमन्त्री दिमित्री मेदभेदले यस प्रतिबन्धलाई रुसविरोधीको षड्यन्त्र भएको बताएका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुससँग वाडाको निर्णयको विरुद्व अपिल गर्ने आधार रहेको प्रतिक्रिया दिएका छन् ।