कस्तो रहनेछ मौसम ?

होमल्याण्ड खबर

२०७६ पुष ७ गते, सोमबार १०:५७ मा प्रकाशित

जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका भू-भागहरुमा हुस्सु/कुहिरो लागेको अवस्था रहेको जनाएको छ ।

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ ।

देशको पश्चिमी उच्च पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहेको छ भने बाँकी भू-भागमा सामान्यया सफा र तराईका भू-भागहरुमा हुस्सु/कुहिरो लागेको अवस्था रहेको महाशाखाले जनाएको छ ।

आगामी २ दिनको मौसम पूर्वानुमान

पौष ७ गते

दिउँसो : देशको पूर्वी पहाडी भू-भागमा बदलिको अवस्था रहने छ भने बाँकी भू-भागमा मौसम समान्यतया सफा रहनेछ।

राति: देशभर आंशिक बदलिको अवस्था रहने छ ।

पौष ८ गते

दिउँसो : देशभर आंशिक बदलिको अवस्था रहने छ ।

राति : देशको मध्य तथा पूर्वी भू-भागमा आंशिक बदलि र बाँकी भू-भागमा सामान्यतया सफा रहने छ ।