५ चैत्र २०८२, बिहीबार
जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका भू-भागहरुमा हुस्सु/कुहिरो लागेको अवस्था रहेको जनाएको छ ।
हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ ।


देशको पश्चिमी उच्च पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहेको छ भने बाँकी भू-भागमा सामान्यया सफा र तराईका भू-भागहरुमा हुस्सु/कुहिरो लागेको अवस्था रहेको महाशाखाले जनाएको छ ।
आगामी २ दिनको मौसम पूर्वानुमान
पौष ७ गते
दिउँसो : देशको पूर्वी पहाडी भू-भागमा बदलिको अवस्था रहने छ भने बाँकी भू-भागमा मौसम समान्यतया सफा रहनेछ।
राति: देशभर आंशिक बदलिको अवस्था रहने छ ।
पौष ८ गते
दिउँसो : देशभर आंशिक बदलिको अवस्था रहने छ ।
राति : देशको मध्य तथा पूर्वी भू-भागमा आंशिक बदलि र बाँकी भू-भागमा सामान्यतया सफा रहने छ ।