१ सय ८० यात्रु बोकेको युक्रेनी विमान दुर्घटना

होमल्याण्ड खबर

२०७६ पुष २३ गते, बुधबार ११:१९ मा प्रकाशित

युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त बनेको छ । इरानको राजधानी तेहरानबाट किएभका लागि उडेको विमान प्राविधिक समस्याका कारण दुर्घटनाग्रस्त बनेको इरानको मिडियाले जनाएका छन् ।

फ्लाइट रडारमा युक्रेनको अन्तर्रा्ष्ट्रिय उडानको फ्लाइट पीएस ७५२ इमाम खोमेनी विमानस्थालबाट स्थानीय समयअनुसार ६ बजे बिहान उडान भरेको केही समयमा नै बेपत्ता भएको देखिएको छ ।

विमानमा १ सय ८० यात्रु र चालक दलका सदस्य रहेको बताइएको छ । उनीहरुको अवस्थाको बारेमा थप विवरण आइपुगेको छैन ।

विमान दुर्घटना हुन केही घण्टाअघि मात्र इरानले इराकस्थित अमेरिकी सेनाको एयरबेसमा क्षेप्यास्त्र प्रहार गरेको थियो ।