भ्रष्टाचारको अभियोगमा इन्टरपोलका पूर्व प्रमुखलाई साढे १३ वर्ष कैद

होमल्याण्ड खबर

२०७६ माघ ७ गते, मंगलवार १६:२३ मा प्रकाशित

पूर्व इन्टरपोल प्रमुख मेङ होङवेइलाई भ्रष्टाचारको अभियोगमा चीनको एक अदालतले साढे १३ वर्षको जेल सजाय सुनाएकाे छ ।

मेङ २०१६ मा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को प्रमुखमा नियुक्त भएका थिए । चार वर्षे कार्यकालका लागि नियुक्त भएका मेङ गत अक्टोबरमा फ्रान्सबाट चीन पुगेपछि गायब भएका थिए ।

मेङबारे बेखवर बनेको इन्टरपोलले चीनसँग उनीको जानकारी मागेको थियो । फ्रान्समा दुई बालबच्चाको साथमा रहेकी उनकी श्रीमतीले भने मेङलाई चिनियाँ अधिकारीहरुले झूटो आरोप लगाएको बताएकी छिन् । उनले मेङ ज्युँदो रहेको/नरहेको बारे पनि चोसो व्यक्त गरेकी छिन् ।

टियानजिनको दक्षिणी शहरस्थित प्रमुख मध्यस्थकर्ता अदालतले नोटिस जारी गर्दै मेङले आरोप स्विकार गरेको र त्यसविरुद्ध उनले उजुरी नदिने बताएको जनाएको छ ।

टियानजिन अदालतका अनुसारले मेङले ‘भाइस मिनिस्टर अफ पब्लिक सेक्युरिटी’ र ‘मरीटाइम प्रहरी प्रमुख’को पद दुरुपयोग गर्दै घुस लिएका थिए। मेङ यसअघि नै पदच्युत भएका छन् भने कम्युनिस्ट पार्टीबाट पनि उनलाई निष्कासित गरिएको छ । इन्टरपोल प्रमुख रहँदा उनी चीनको ‘भाइस मिनिस्टर अफ पब्लिक सेक्युरिटी’को पदमा थिए ।