टर्कीको पर्यटन मेलामा नेपालको सहभागिता, १००० भन्दा बढीले गरे अवलोकन

होमल्याण्ड खबर

२०७६ माघ २० गते, सोमबार १२:३६ मा प्रकाशित

पूर्वी भूमध्य अन्तर्राष्ट्रिय पर्यटन र यात्रा मेला इएम्आइटीटी को २४औं सस्ंकरणमा नेपालले पनि सहभागिता जनाएको छ। नेपाल पर्यटन बोर्डले टर्कीको पर्यटन बजारमा नेपाललाई परिचित गर्न उपलब्ध सबै प्रयासहरु गरेको पनि जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा राम्रो बजारिकरण रणनीतिको साथ टर्कीको मेलामा नेपालले बलियो सहभागिता जनाएको पाल पर्यटन बोर्डले जानकारी दिएको छ । ३० जनवरी देखी २ फेब्रुअरी २०२० सम्म टर्कीको इस्तानबुलमा सम्पन्न उक्त मेलामा टर्किका दर्शकहरुलाई विभिन्न पर्यटकीय गन्तब्य, सेवाहरुको बारेमा आवश्यक जानकारी तथा सेवा प्रदान गर्ने ब्यवसायीहरुले पर्यटक उत्पादनहरु प्रर्दशन गरी आपनो बलियो उपस्थिति जनाएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ। नेपाली स्ट्याण्डमा टर्कीका संस्कृति तथा पर्यटन मन्त्री मेहमेत नुरी एरसोइले पनि भ्रमण गरेका थिए। टर्किको बढ्दो आउटबाउन्ड र राम्रो हवाई सञ्जालका कारण हालैका वर्षहरुमा धेरै एशियाली देशहरुको लागि राम्रो स्रोत बजारको रुपमा स्थापित भएको छ र नेपाल पनि यी मध्य एक हो ।

ईएमआईटीटीमा पर्यटन बोर्डले गन्तव्य मार्केटिङ कार्यशालाहरु र बीटूबी सञ्जाल सत्रहरुमा उपस्थिति जनाएको छ । जसले विक्रेताहरुसँग व्यवसाय सम्पर्कहरु स्थापित गर्न प्रभावकारी भूमिका र्निवाह गर्न सहयोग गर्नेछ । नेपालको स्टलमा ५०० भन्दा बढी ट्रेड भिजिटर आएका थिए। १००० भन्दा बढीले स्टल अवलोकन गरेका थिए । दश हजारभन्दा धेरैले स्टल अवलोकन गरेको बोर्डले जनाएको छ । इस्तानबुल र काठमाडौंबीचको सिधा हवाई सम्पर्कले टर्कीका पर्यटकको आगमन संख्या निरन्तर बढिरहेको छ ।