१० मंसिर २०८१, सोमबार
चीनकाे वुहानबाट फैलिएर माहामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट हालसम्म १ हजार ४ सय ८६ जनाले ज्यान गुमाइसकेका छन् ।
कोरोनाको संक्रमणबाट ६५ हजार १ सय ९१ जना संक्रमित भएका छन् । बिहीबार हुबेई प्रान्तमा थप १ सय १० जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ८६ पुगेको सीएनएनले जनाएको छ ।
कोरोनाको संक्रमणका कारण चीनबाहेक हङकङ, फिलिपिन्स र जापानमा एक(एक जनाको मृत्यु भएको छ ।
हुवेइमा मात्र कोरोना संक्रमित ३६ हजार ७ सय १९ जना अस्पताल भर्ना भएका छन् । जसमध्य १ हजार ६ सय ८५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
कोरोना भाइरसबारे अनुसन्धानमा जुटेका वैज्ञानिकहरुका अनुसार यस भाइरसले २।२ जना व्यक्तिलाई संक्रमति गराइरहेको छ ।
अन्य भाइरसको अनुपात भने १।३ रहेको उनीहरुले बताएका छन् । हालसम्म यस भाइरस नियन्त्रण गर्ने भ्याक्सिन पत्ता लागेको छैन । यो भाइरस ३० वटा भन्दा बढी देशमा फैलिइरहेको छ ।
कोरोनाको भाइरसको उद्गम मानिएको चीनको वुहान क्षेत्र सवैभन्दा बढी प्रभावित बनेको छ ।
कोरोनाको महामारी नियन्त्रणमा नआएपछि विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० को एउटा टोली चीनमा संक्रमणको उपचार तथा रोकथाममा जुटिरहेको छ ।
धेरै प्रयत्नकाबीच महामारी नियन्त्रणमा आउन नसकेपछि कोरोनाको अन्त्य कहिले होला भन्ने अनुमान गर्न जटिलता थपिएको विश्वस्वास्थ्य संगठनले जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससका अनुसार प्रकोप फैलने दर कम भए पनि मृत्यु हुनेको संख्या नघटेकाले तत्कालै नियन्त्रणमा आउला भने पूर्वानुमान गर्न नसकिने जनाएका छन् ।
कोरोना संक्रमण सर्ने जोखिम २० प्रतिशतले घटेको दाबी गर्दै चीनले चाँडै भाइरसको संक्रमण नियन्त्रणमा लिने आश्वासन दिदै आइरहेको छ ।