इटालीका प्रधानमन्त्रीद्वारा कोरोना भाइरसविरुद्ध आपकालीन योजना घोषणा

होमल्याण्ड खबर

२०७६ फाल्गुन ११ गते, आईतवार १२:३४ मा प्रकाशित

इटालीका प्रधानमन्त्री जुसेपे कोन्तेले शनिबार राति कोरोना भाइरसविरुद्ध आपकालीन योजना घोषणा गरेका छन् ।

कोभिड–१९ का बिरामीहरुको संख्या ७९ पुगेपछि प्रधानमन्त्री कोन्टेले आपत्‌कालीन योजना घोषणा गरेका हुन् ।

इटालीमा नोवेल कोरोना भाइरसका कारण इटालीमा दुईजनाको मृत्यु भएको छ ।

युरोपमा सबैभन्दा धेरैमा कोभिड–१९ अर्थात नोवेल कोरोना भाइरसको संक्रमण इटालीमा देखिएको छ ।

आपकालीन योजना अन्तर्गत उत्तरी क्षेत्रका लोम्बार्डी र भेनेटोका एक दर्जन सहरहरुलाई क्वारन्टीनको अवस्थामा राखिएको छ ।

ती सहरहरूका झन्डै ५०,००० मानिसहरुलाई घरभित्रै रहन निर्देशन दिइएको छ ।

प्रधानमन्त्री कोन्टेले सो सहरहरुमा प्रवेश गर्न वा त्यहाँबाट निस्कन विशेष अनुमतिविना निधेष गरिएको छ ।

त्यहाँ सबै विद्यालय र खेलकुद गतिविधिहरु बन्द गरिएको छ ।

यसैगरी इटालियन सिरी ए फुटबलका खेल पनि कोरोना भाइरसको संक्रमण फैलिन सक्ने जोखिमका कारण स्थगित गरिएको छ ।