दिल्ली हिंसाः मृत्यु हुनेको संख्या ३२ पुग्यो

होमल्याण्ड खबर

२०७६ फाल्गुन १५ गते, बिहीबार १२:०५ मा प्रकाशित

भारतको राजधानी नयाँ दिल्लीमा नागरिकता कानुनविरुद्ध भइरहेको प्रदर्शन क्रममा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । अन्य एक सय ८९ जना घाइते भएका छन् ।

हिंसाको कारण मर्नेहरुको संख्या अहिलेसम्म ३२ पुगेको स्वास्थ्य विभागका एक वरिष्ठ अधिकारीको उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

पछिल्ला चार दिनदेखि दिल्लीको उत्तर पूर्वी क्षेत्र निरन्तर चलिरहेको छ, जुन सयौं मानिसहरू घाइते भएका छन् ।

दिल्लीको गुरु तेग बहादुर अस्पताल (जीटीबी अस्पताल) मा ३० जनाको मृत्यु भएको छ भने दुई व्यक्तिको मृत्यु लोक नायक जय प्रकाश नारायण अस्पताल (एलएनजेपी अस्पताल) मा भएको छ ।

अस्पतालमा उपचाररत केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ ।

बुधबार, राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालले हिंसा प्रभावित क्षेत्रको भ्रमण गरे र मानिसहरुलाई भेट गरेका थिए ।

नागरिकता कानुनलाई लिएर प्रदर्शनकारीबीच दङ्गा भड्किँदा त्यहाँ दशकौंयताको सबभन्दा खराब हिंसा भएको छ । हिंसाले साम्प्रदायिक रुप लिएको छ । हिन्दू र मुस्लिम समुदायबीच झडप भएका छन् ।