कोरोना संक्रमण : विश्वमा ३० करोड बालबालिका विद्यालय जानबाट वञ्चित

होमल्याण्ड खबर

२०७६ फाल्गुन २३ गते, शुक्रबार १२:४२ मा प्रकाशित

कोरोनाभाइरसको संक्रमणका कारण ११ मुलुकमा विद्यालय बन्द भएका छन् । विश्वमा तिव्र गतिमा फैलिएकाे काेराेना भाइरसकाे ज्त्रासले विश्वकामा ३० करोड बालबालिका विद्यालय जानबाट वञ्चित भएका हुन् ।

युनेस्कोले जारी गरेको तथ्याङ्कअनुसार कोरोनाभाइरसको संक्रमणको डरले विश्वका ३० करोड बालबालिका स्कुल जान सकेका छैनन् ।

कोरोना संक्रमणका कारण इटलीले देशभरका विद्यालय बन्द गरेको छ । जापानले पनि विद्यालयहरु बन्द गरेको छ । अन्य ९ वटा मुलुकमा आवश्यकता अनुसार शैक्षिक संस्था बिदा गरेका छन् । यस्तै, फ्रान्सले एक सय २० वटा विद्यालय बन्द गरेको छ ।

चीनका केही प्रान्तमा फेब्रुअरी मध्यदेखि नै विद्यालयहरु बन्द गरिएको छ । चीनमा मात्र करिब २३ करोड बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । चीनका केही विद्यालयमा अनलाइन कक्षा सञ्चालन भइरहेको छ भने प्राथमिक तहका कक्षाहरु टेलिभिजनमार्फत सञ्चालन भइरहेको छ ।

चीनमा कोरोनाभाइरसको संक्रमण भएर निको भइसकेकाहरुमा फेरि संक्रमण देखापरेको जनाइएको छ । ऊहानका चिकित्सकहरुका अनुसार संक्रमण निको भएर पठाइएका मानिसहरु फेरि संक्रमित भएको पाइएको छ ।

कोरोनाभाइरसको संक्रमण भएकाहरुमध्ये ५७ हजारभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।