११ जेष्ठ २०८३, सोमबार
चितवनकाे भरतपुरस्थित कोरोना विषेश अस्पतालमा आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएकाे छ ।
अस्पतालका अनुसार उनकाे मृत्यु मंगलबार विहान ७ बजे उपचारका क्रममा भएकाे हाे । उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो ।


उनको शव अस्पतालमै राखिएको छ । उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो ।
उनीलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो, तर कोरोना संक्रमण भएनभएको रिपोर्ट आउन बाँकी छ ।
उनको स्वाबको नमुना सोमबार नै संकलन गरिएको र मंगलबार विहान विमानबाट मात्र पठाइएको अस्पताल स्रोतले जनाएको छ ।