आइसोलेसनमा राखिएका युवकको मृत्यु

होमल्याण्ड खबर

२०७६ चैत्र ११ गते, मंगलवार १२:३२ मा प्रकाशित

चितवनकाे भरतपुरस्थित कोरोना विषेश अस्पतालमा  आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएकाे छ ।

अस्पतालका अनुसार उनकाे मृत्यु मंगलबार विहान ७ बजे उपचारका क्रममा भएकाे हाे । उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो ।

उनको शव अस्पतालमै राखिएको छ । उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो ।

उनीलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो, तर कोरोना संक्रमण भएनभएको रिपोर्ट आउन बाँकी छ ।

उनको स्वाबको नमुना सोमबार नै संकलन गरिएको र मंगलबार विहान विमानबाट मात्र पठाइएको अस्पताल स्रोतले जनाएको छ ।