बेलायती युवराज चार्ल्सलाई कोरोना संक्रमण

होमल्याण्ड खबर

२०७६ चैत्र १२ गते, बुधबार १८:०७ मा प्रकाशित

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राजकुमार चार्ल्सको स्वाब परीक्षणबाट कोभिड–१९ पोजेटिभ देखिएको हो ।

उनकी पत्नी डचिस कोर्न्वलको पनि स्वाब परीक्षण गरिएको छ । तर उनमा भाइरस भएको देखिएन ।

७१ वर्षीय राजकुमार चार्ल्स अहिले स्कटल्याण्डको बालमोरल क्यास्टलमा सेल्फ आइसोलेसनमा बसेका छन् । वेल्सका राजकुमारलाई कोरोना भाइरसको सामान्य संक्रमण मात्र देखिएको बताइएको छ ।