आज कति पुग्यो डलरको भाउ, अन्य देशको विनिमयदर कति ?

होमल्याण्ड खबर

२०७६ चैत्र १८ गते, मंगलवार ११:५६ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले मंगलबार (चैत १८) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ६८ पैसा र बिक्रीदर १२१ रुपैयाँ २८ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५० रुपैयाँ ४७ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८५ पैसायता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०५ पैसा रहेको छ ।

र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०२ पैसा रहेको छ ।

तालिकामा विस्तृतमा हेर्नुहोस: